जनकपुरधाम, १ कार्तिक। धनुषाको हंसपुरमा प्रहरीले गोली चलाएर लाखौंको तस्करीको समान बरामद गरेको छ ।
धनुषाको हंसपुर नगरपालिकामा पर्ने निकाल गाउँमा प्रहरीले ६ राउण्ड गोली चलाएको हो । तस्करले लुकाएको समान समात्न नदिन अबरोध गर्दा प्रहरीले गोली चलाएको एसपी शेखर खनालले जानकारी दिए ।
प्रहरीले त्यहाँबाट करिब २५ लाखको समान बरामद गरेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।