जनकपुरधाम, २ कार्तिक । नेपाल कुशवाहा कल्याण समाज धनुषा शुभकामना अदान प्रदान कार्यक्रम गरेको छ ।
हिन्दुहरुको महान पर्व शुभदिपावली, छठ एंव समाचकेवाको अवसरमा कुशवाहा कल्याण समाज जिल्ला कार्य समिती धनुषा एंव किस नेपालको संयूक्त आयोजनामा जनकपुर पगलाबाबा धर्मशला स्थित प्रमुख अतिथी प्रदेश २ का आन्तरिक कानुन मामिला मन्त्री सरोज कुमार सिंह कुशवाहा र नेपाल कुशवाहा कल्याण समाज धनुषा जिल्ला अध्यक्ष योगेन्द्र महतोको अध्यक्षतामा शुभकामना अदानप्रदान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा विशिष्ठ अतिथी प्रदेश सांसद सत्रुधन महतो अतिथीहरु कविर वाल आश्रमका स्न्त सत्यनारायण (आलेक बाबा), नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय उपाध्यक्ष राजाराम महतो, केन्द्रीय महिला उपाध्यक्ष फुल कुमारी महतो, केन्द्रीय सदस्य संन्तोष महतो, बुद्धिजिवी अध्यक्ष विश्वलाल सिंह, पुर्व जिल्ला अध्यक्ष नथुनी कुशवाहा, पुर्व वुद्धिजिवी अध्यक्ष कालेश्वर महतो, यु य.दि.पी प्रदेश २ का अध्यक्ष अजुर्न कुशवाहा, सन साइन बो.स्कुलका श्रवन महतो, जिल्ला सचिव उमेश कुमार महतो लगायत कुशवन्सीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले हिन्दुहरुको महान पर्वको शुभकामना दिदैँ कुशवाहाको हकहित लगायतको विषयमा आ–आफना मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा कुशवाहा कल्याण समाजको लागी धनुषा मिथिला नगरपालिका ढल्केवर स्थित मेनरोडमा करिब ३० लाख जति पर्ने जमिन दान गरेकोमा दाता र नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय उपाध्यक्ष राजाराम महतोलाई प्रमुख अतिथीबाट दोसला ओडाइ सम्मान गरिएको थियो ।