जनकपुरधाम, २ कार्तिक। कृषी विकास बैक बैंकिंग कार्यालय जनकपुर शाखामा व्यापक घुसखोरी भइरहेकोछ ।बैंकका कामु शाखा प्रबन्धक मिथिलेश कुमार झा र कर्जा अधिकृत रामलखन महासेठले नयाँ ऋणी, ऋण थप गर्ने, ऋण नविकरण गर्नेहरुसित खुलेआम घुस माग्न थालिएकोछ ।
जनकपुरका एकजना ऋणी सूर्यनारायण साहले २० हजार रुपैया नदिँदा कर्जा अधिकृत महासेठ र शाखा प्रबन्धक झाले सबै प्रकृया पुरा हुँदापनि ऋण थप गरेनन् ।साहले बैंकबाट १२ लाख रुपैया कर्जा लिएका छन् ।
शाखा प्रबन्धक झा र कर्जा अधिकृत महासेठको कारण बैंकका ऋणीहरु मारमा परेका छन् ।कृषी बैंकले अन्य बैंकहरुको तुलनामा सुलभ दरमा ऋण उपलब्ध गराउँछन् ।किसानहरुले सरल ढंगबाट ऋण पाउन सक्ने बैंकमा अहिले घुस नदिने ऋणीलाई अनेक समस्या थपिने गरिएको छ।–यो खबर आजको जनकपुर टुडेमा पत्रिकामा छापिएको छ ।