कलैया, २ कार्तिक। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले मटिअर्वाबाट भन्सार छली ल्याएको हजारौँको मालसमान बेवारिसे अवस्थामा फेला परेको छ ।
कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा स्थित सडक खण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको करिब रु.६७ हजार ६५० रुपैया बराबरको बिभिन्न किसिमका लत्ताकपडा, प्लाष्टिकका कुर्सि लगायतका मालसमानहरू बेवारिसे अवस्थामा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता रञ्जीत सिँह राठोरले जानकारी दिनुभयो ।
वेवारिसे अवस्थामा बरामद गरीएको समान भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बिरगंज पर्सामा पठाईएको छ ।