सिरहा, २ कार्तिक । पूर्वपश्चिम राजमार्ग अन्र्तगत सिरहाको गोलबजार नगरपालिका ४ मा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यू भएको छ ।
ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुर्गेश मुखियाको मृत्यू भएको हो । ईलाका प्रहरी कार्यालय गोलबजारका अनुसार दुर्गेस स. ११ प. ४६३७ नम्बरको मोटरसाइकलमा सवारी थिए । ठक्कर दिने प्रदेश २–०२–०००१ त नम्बरको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटसाइकलमा पछाडि बसेका कृष्णा मुखिया गम्भिर घाईते भएको र उनको उपचार गोलबजारस्थित भुमिजा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक लक्ष्मीपुर पतारी गाउँपालिका ६ का रहमद मन्सुरी प्रहरी नियन्त्रणमा छ ।