बारा, २ कार्तिक । जिल्लाको करैयामाई गाउँपालिका १ स्थित जनसामुदायिक माध्यमिक विद्यालय परिसरमा पेस्तोल फेला परेको छ ।
विद्यालय परिसरमा रहेको सेफ्टी ट्याङकी नजिक पेस्तोल फेला परेको हो । कालो प्लाष्टिकमा बेरेर ढुङ्गामुनि लुकाइराखेको अवस्थामा पेस्तोल फेला परेको बाराका एसपी विकासराज खनालले जानकारी दिए ।
विद्यालय परिसरमा पेस्तोल कसले राखेको विषयमा केहि खुल्न नसकेको समेत उनले बताए । पेस्तोल राखिएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।