जनकपुरधाम, २ कार्तिक । समाजवादी पार्टी कमला नगरपालिका धनुषाले नगर स्तरीय दिपावली, छठपर्व र पुर्णिामाको अवसरमा शुभकामदा आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
समाजवादी पार्टीको नगर अध्यक्ष मनिकलाल मण्डलको अध्यक्षता र पार्टीका सचेतक तथा धनुषा क्षेत्र नम्बर २ का संघीय सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथ्यमा चियापान कार्यक्रम भएको हो । समारोहलाई सम्बामेधन गर्दै साँसद अरगरियाले यहाँ सिँचाइको अभाव रहेकाले यस वर्ष सिँचाइमो जोड दिने बताए ।
कार्यक्रममा सहभागी र क्षेत्रबासीलाई शुभकामदा दिँदै उनले भने, ‘सिँचाइ अभावले सबभन्दा बढी समस्या किसान झेलिरहेका छन् । त्यसैले अब सिंचाइमा विशेष वजेट खर्चिन आवश्यक छ ।’ उनले यस क्षेत्र सडक निर्माण, शिक्षा र स्वास्थयमा समेत पछाडी परेकाले यसतर्फ पनि ध्यानाकर्षण भएको बताएका थिए ।

कार्यक्रमका बिशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य अरुण सिंह थिए । जिल्ला अध्यक्ष पशुपति यादव, जिल्ला सचिव घनश्याम यादव, जिल्ला सदस्य रामेश्वर यादव, लाल बहादुर यादव, युवा नेता विनोद रोहिता, ओम प्रकाश मण्डल लगायतको उपस्थिति रहेको थियो ।
साथै वडा अध्यक्ष राजकुमार यादव, बिशेश्वर यादव, राजेश्वर मरिक, कमला नगरका नेता दानी मण्डल, छठु मण्डल, लक्षमेशवर यादव, महिला नगर अध्यक्ष सुनिता साह, नगर युवा अध्यक्ष रामकुमार साह र कार्यक्रम संचालक त्रिलोक महतोले पनि कार्यक्रममा सहभागी भएका थिए ।


