सिरहामा हजारौं प्याकेट प्रतिबन्धित पटाका नष्ट गरियो


सिरहा, ३ कार्तिक । जिल्ला प्रहरी कार्यालय सिरहाले लाखौं मुल्य बराबरको विभिन्न खाले प्रतिबन्धित पाटाकाहरू नष्ट गरेका छन् । गएको असोज देखी हाल सम्म जिल्लाको विभिन्न नाकाबाट समातिएका एक लाख दश हजार मूल्य बराबरको प्रतिबन्धित अबैध पटाका शानिवार पत्रकार सम्मेलन गरी नष्ट गरिएको हो ।

जिल्ला प्रहारी कार्यालय सिरहाको मातहात अन्तर्गतका इलाका प्रहरी कार्यालय माड़र, बरियारपट्टी, सन्हैठा, औरही र बिष्णुपुर लगायतका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिइएका नेपालम प्रतिबन्धित अबैध पटाकाहरू छिमेकी मुलुक भारतबाट ल्याएको पटाकाहरू नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रबक्ता प्रहरी निरीक्षक उमाशंकर यादवले जानकारी दिए ।

उनका अनुसार नष्ट गरिएका प्रतिबन्धित पटाकाहरू नागिन २५०० प्याकेट, चिरचिरी ५०० प्याकेट, बुलेट २५ प्याकेट, मुर्गा छाप १० प्याकेट, आलु बम १०० प्याकेट, चकलेट बम १०० प्याकेट, फुलझारी १० प्याकेट, चक्र २० प्याकेट र रोलक्याप्स २० प्याकेट गरी पटाकाहरू पत्रकार, नगरिक अगुवाहरूको रोहवरमा खाल्डो पानी हाली पुरेर नष्ट गरिएको छ ।

https://www.youtube.com/watch?v=c2d5JtFlqXw
प्रकाशित : २०७६ कार्तिक ३, आईतवार ०१:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ