काठमान्डौ, ३ कार्तिक। साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैंयाले घटेको छ ।
गत शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य दुई सयले घटेर आज प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार एक सय रुपैंयामा कारोबार भैरहेको छ भने चाँदी प्रतितोला रु.८५० रुपैंयामा कारोबार भइरहेको छ ।