काठमान्डौ, ३ कार्तिक। नेपालमा प्रयोग हुने मोबाएल सेवाको एनसेलले गरेको ठगीमा सरकार मौन बस्दा उचित नभएको नेपाली चलचित्र क्षेत्रको नायिका निर्माता तथा निर्देशक रेखा थापाले बताएकी छिन।
गरिबलाइ एक रुपैया छोड्न नसक्ने सरकारले नेपालीलाई अरबौ ठगि गरिरहदा कार्वाही नगर्नु र दुख लाग्दो भएकोले एनसेल प्रयोग गर्न सबैले छाडेमा उचित हुने भन्दै सम्पूर्ण नेपाली नागरीक आफैले एनसेल बहिष्कार गर्न जरुरी रहेको थापाको भनाइ छ।
एनसेलले राज्यलाई ठगेको कारण नेपालीले यसलाई बहिष्कार गर्नुपर्ने भन्दै एनसेल प्रकरणमा सरकारको कारवाही कमजोर भएको टेलिभिजन एउटा कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले भनिन्।
साँच्चैनै देशलाई माया गर्नेहरुले एनसेलको प्रयोग गर्न नहुने र नेपालमा भएको घाटालाई रोक्न आफैले सुरु गर्नु पर्ने त्यसको लागि कहिँ कतै कसैलाई केहि नभनी एनसेल सेवा बाट आफै वन्चित हुनु जरुरी रहेको थापाले उल्लेख गरेकी छिन ।