भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टर्की भ्रमण रद्द


३ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टर्की भ्रमण रद्द भएको छ । कश्मीर मामिलामा टर्कीको धारणालाई लिएर मोदीको भ्रमण रद्द गर्ने निर्णय गरिएको हो ।

गएको सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले जम्मू–कश्मीरलाई स्वायत्तता प्रदान गर्ने भारतीय संविधानको धारा ३७० निष्प्रभावी बनाएको सम्बन्धमा बोलेका थिए । उनले यसमा पाकिस्तानको साथ दिएका छन् । यही कारण मोदीको भ्रमण रद्द भएको हो ।

द हिन्दूमा प्रकाशित भएको खबर अनुसार मोदी यो वर्षको अन्त्यमा टर्की जाने तयारी थियो । गएको जुनमा मोदी र एर्डोगानको भेटको क्रममा भ्रमणको कुरा भएको थियो ।

प्रकाशित : २०७६ कार्तिक ३, आईतवार १२:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ