मुकेश यादव / लहान ३ कार्तिक । सिरहामा प्रतिबन्धित लागुऔषध खाएका हवल्दारसहित २ जनालाई ईलाका प्रहरी कार्यालय कचनारीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत हवल्दार सुरेन्द्र राम र लहान नगरपालिका १९ का विरेन्द्र महतोको छोरा अन्दाजि वर्ष २५ का रामशंकर महतो पक्राउ परेका हुन् । हवल्दार रामको दरवन्दी गुल्म २ जनकपुर गणमा रहेका छ ।
भारतको लोकहा बजारवाट लागुऔषध सेवन गरी सिमावर्ति क्षेत्र नर्गी चौकमा प्रहरी हवल्दार राम र साहले भारतबाट समान ल्याउनेसँग रकम माग्दा स्थानीयबीच विवाद भएको थियो । सोही क्रममा उनी दुवै जनालाई पक्राउ गरिएको कचनारी प्रहरीले जनाए ।
दुवै जनालाई प्रहरीले हिरासतमा लिएर कारबाही प्रक्रिया अगाडी बढाएको छ ।