‘सिमा क्षेत्रको समस्या समाधान गर्न विराटनगर र जोगवनीका जनप्रतिनिधिबीच समन्वय आवश्यक’


राजेश शर्मा / विराटनगर, ३ कार्तिक । छिमेकी मुलुक भारत र नेपालको सिमावर्ती क्षेत्रका समस्या समाधानका लागि दुवै देशका छिमेकी स्थानीय तहवीच समन्वय आबश्यक रहेको सरोकारवाला व्यक्तिहरुले बताएका छन् ।

जोगवनी नगरपञ्चायत, फारविसगन्जका मेयर, उपमेयर र वडा पार्षदहरु सम्मिलित आइतवार विराटनगर महानगरमा भएको भेटवार्तामा सहभागिहरुले यस्तो बताएका हुन् । जोगवनी नगरपञ्चायत मेयर अनिता देवी, फारसविसगंज नगरपालिकाका उपमेयर मोती खान, भाजपा जोगवनी नगर पन्चायतका अध्यक्ष राजनन्दन यादव र जोगवनी र फारविसगन्जका विभिन्न वडाका पार्षद, उपपार्षदहरु र विराटनगर महानगरका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी र भारत नेपाल समाजिक सांस्कृतिक मञ्चका अध्यक्ष राजेश शर्मा सम्मिलित भेटवार्तामा सहभागिहरुले दुवै देशका छिमेकी स्थानीय तह संग समन्वय आवश्यक रहेको औल्याएका थिए ।

भेटबार्ता तथा छलफलका क्रममा विराटनगर र जोगवनी दुवै क्षेत्रमा हुने बाढीको प्रकोप समाधान गर्न सिमाक्षेत्र नेपाल र भारतका वडाध्यक्ष सम्मिलित बैठकबसि समाधान गर्ने, लागूऔषध दुव्र्यसनी प्रयोगमा हुने नियन्त्रणका लागि समन्वय गर्ने, मानव वेचविखन नियन्त्रणका लागि समन्वय गर्ने जस्ता सहमती भएको छ ।

यस्तै विराटनगर महानगरपालिका तथा जोगवनी र फारवीसगञ्ज नगर परिषदका वीचमा भगिनि सम्वन्ध कायम गर्न प्रक्रिया अगाडी वढाउने विषयमा समेत छलफल भएको थियो । यस्तै नेपाल भारतको सीमाबर्ती नगरपालिकाहरुको वीचमा भाइचारा, सद्भाव र समन्वय अभिवृद्धी गर्न प्रत्येक ३ महिनामा एक पटक पदाधिकारी सम्मिलित बैठक बस्ने निर्णय समेत भएको विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।

मेयर पराजुलीले दुवै छिमेकी मुलुक त्यसमा पनि सिमावर्ती नगरसंग भएको समन्वयात्मक भेटवार्ता समय अनुकुल रहेको र सफल भएको प्रतिक्रिया दिनुभयो । यसखाले कार्यक्रमले दुवैदेशका छिमेकी स्थानीयतह वीच समन्वय हुन सक्दा दुवै देशलाई फाइदा हुने विश्वास मेयर पराजुलीको छ ।

प्रकाशित : २०७६ कार्तिक ३, आईतवार १६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ