काडमाडौं, ४ कार्तिक । राष्टिय जनता पार्टी (राजपा) नेपालले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक १५ गतेभित्र केन्द्रमा पठाउन जिल्ला तहलाई निर्देशन दिएको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको विभिन्न पदको लागि हुने निर्वाचन प्रयोजनका लागि आ–आफनो जिल्लामा प्रत्येक पदका लागि तीनरतीन सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशन दिए।
‘जिल्ला अध्यक्षण मण्डलको सबै सदस्यलाई अनिवार्य रुपमा बैठकको जानकारी गराई, बैठक बसी, बैठकबाट छनोट गरी उम्मेदवारको नामावली २०७६ कात्तिक १३ गते पाँच बजेसम्म अनिवार्य रुपमा राजपा नेपाल केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा पठाउन निर्देशन गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।