महराको बयानः रोशनीको डेरामा जान खोज्दा फोन उठाइनन्, बाटैबाट फर्किएँ


काठमान्डौ, ४ कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोग अस्वीकार गरेका छन् ।

महराले आफू घटना भएको भनिएको दिन १२ असोजमा रोशनीको डेरामा नगएको बताए । जिल्ला अदालत काठमाण्डुमा आइतबार बयानका लागि उपस्थित गराइएका महराले रोशनीको कोठामा जान खोजेको तर, फोन नउठेकाले फर्केको बताए । ‘म त्यस दिन रोशनीलाई भेट्न गएको हो’, महराले भने, ‘तर, तीनकुनेमा रहेको उनको डेरा नजिकै गएर फोन गर्दा उठेन, केही समय अल्मलिएर घर फर्कें ।

बयानमा महराले आफूले रक्सी लिएर गएको तथा जुत्ताको तलुवा र चश्मा छुटेको भन्ने आरोपको प्रतिवाद गरे । ‘यो सबै मलाई फसाउने षड्यन्त्रका लागि भनिएका कुरा हुन’, महराले भने, ‘म कोठाभित्र गएकै छैन, कसरी मेरो चश्मा र तलुवा त्यहा छुट्छ ?’

शाहीले नै महराले आफूमाथि बलात्कार गरेको आरोप सञ्चार माध्यममार्फत लगाएपछि महरामाथि राजीनाका लागि दबाब परेको थियो । उनको दल नेकपाले राजीनामा मागेपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिए । १९ असोजमा परिवारका साथ दसैं मनाइरहेका बेला महरालाई सरकारी निवास बालुवाटारबाटै पक्राउ गरिएको थियो ।

केही दिन सिंहदरबार प्रहरी वृत्तको हिरासतमा रहेका उनी हाल नर्भिक अस्पतालमा छन् । महरामा स्वासप्रसवास र उच्च रक्तचापको समस्या देखिएपपछि अस्पताल लगिएको हो ।

प्रकाशित : २०७६ कार्तिक ४, सोमबार ०३:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ