सिरहामा राजश्व नतिरेका भारतीय गाडीमाथि कडाई


लहान, ४ कार्तिक। सशस्त्र प्रहरी सिरहाले भारतीय सवारी साधनमाथि कडाई गर्न थालेका छन् । राजश्व नतिरी नेपालमा सञ्चालनमा राखेको दुई स्करपियोलाई नियन्त्रणमा लिएका छन् । सीमावर्ती भगवानपुर गाउँपालिका ४ बाट एचआर ५५ एच ५०२४ नम्बर नियन्त्रणमा लिएका छन् । पछिल्लो ३० भदौमा भन्सार काटेर अस्थायी नम्बर लिएका स्करपियो २९ असोजमै म्याद सकेका थिए । म्याद सकिएपनि सवारी चलाएपछि नियन्त्रणमा लिएर भन्सार कार्यालय ठाडीमा बुझाएका छन् ।

यसैगरी, १९ दिन भन्दा बढी भन्सार नकटाएर चलाएको एज ६६ ४५२१ नम्बरको स्करपियो बरियारपट्टि गाउँपालिकाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रमुख एसपी प्रविण कडेलले जानकारी गराए । ‘ठाउँठाउँमा चेकिङ्ग बढाएको छ । भारतीय गाडी भन्सार नतिरी चलाएको पाएमा नियन्त्रणमा लिने गरिएको छ,’उनले भने, ‘दुवै सवारीलाई भन्सार कार्यालयमा बुझाएको छ । बाँकी कारवाही त्यहीबाट भइरहेको छ ।’

सीमावर्ती गाउँका व्यक्तिले आफन्तका नाममा भारतबाट सवारी खरिद गर्ने र नेपाल चलाउने गरेको पाइएको छ । भन्सार कार्यालयमा बुझाइएको सवारी साधन लिलामी प्रक्रियामा लगिने ठाडी भन्सार कार्यालय प्रमुख नरेश साहले जानकारी गराए ।—अन्नपूर्णपोस्टबाट !

प्रकाशित : २०७६ कार्तिक ४, सोमबार ०७:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ