सिरहाको बरियारपट्टीबाट कस्तुरीसहित दुई भारतीय पक्राउ !


मुकेश यादब / लहान, ४ कार्तिक । सिरहाको सिमावर्ती बरियारपट्टी बजारबाट कस्तुरी जस्तो देखिने गोलो डल्लो बस्तुसहित दुई जना पक्राउ परेका छन् ।

सिमा सुरक्षा बल बरियापट्टीले कस्तुरी रहेको आशंकामा भारतको मधुवनी जिल्लाको पथरीका २८ वर्षीय ओम कुमार ओम र सोही ठाउँका २७ वर्षीय सत्यम कुमार सिंहलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल गण सिरहा नम्बर ७ सिरहाका प्रमुख प्रविण कंडेलले बताए ।

प्रकाशित : २०७६ कार्तिक ४, सोमबार १४:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ