काठमाडौं, ४ कार्तिक । प्रहरीले अवैध विदेशी मुद्रासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शनिवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ सरौलीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा रुपन्देही सैनामैना नगरपालिका घर भएका ४५ वर्षीया मिना सुनार, २७ वर्षीय रमेश सुनार, गुल्मी धुर्कोट गाउँपालिकाका २४ वर्षीय राजु सुनार, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाटका ३० वर्षीय कमल सुनार, स्याङ्जा गल्याङ नगरपालिका–२ बस्ने ३१ वर्षीय गणेश सुनार रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ‘वन मिलियन युरो’ लेखेको त्रिभुजाकार धातु एक थान बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरुहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले नोट परिक्षणको लागि नेपाल राष्ट्र बैकमा पठाएको छ।
- पहिलोपोस्ट