बारा प्रहरीद्वारा अवैध घरेलु मदिरा भट्टी नष्ट


कलैया, ५ कार्तिक । बारा प्रहरीले आज ५ वटा भटी भत्काई ३ हजार १ सय लिटर मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी चौकी गंजभवानीपुर र प्रहरी चौकी बरियारपुर बाराबाट खटिएको प्रहरी टोलिले तीन हजार अर्धतयारी र एक सय लिटर तयारी मदिरा नष्ट गरेको प्रहरी नायब उपरिक्षक रञ्जित सिँह राठोरले जानकारी दिनुभयो ।

बारागढी गाउँपालिका वडा नं.६ गडहल स्थित राजकपुर चौधरी, धिरेन्द्र चौधरी, महागढीमाई नगरपालिका वडा नं.१० गंजभवानीपुर स्थित अजय कुमार जयसवाल , सो नगरपालिकाको वडा नं.११ मधुरी टोल स्थित संजय थापा र कामेश्वर कलवारले संचालन गरेको अवैध मदिरा भट्टी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले पाँच थान साईकल सहित लुकाईछिपाई राखिएको अवस्थामा करिब ८५ हजार मुल्य पर्ने कस्तुरी रक्सी बरामद गरेको छ ।जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं. १ रेगनियाघाट स्थित नेपाल भारत सिमानाकामा नेपाल बाट भारत तर्फ निकासीको लागी लुकाई छिपाई राखेको अवस्थामा ५० कार्टुन कस्तुरी मदिरा बरामद गरेको प्रहरी नायब उपरिक्षक राठोरले जानकारी दिनुभयो ।

प्रकाशित : २०७६ कार्तिक ५, मंगलवार ०१:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ