राजविराज,५ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका -२ स्थित मोहनपुरबाट सशस्त्र प्रहरीले अवैध हतियार बरामद गरेको छ ।
सशस्त्र प्रहरी सिमा सुरक्षा आउट पोष्ट गोविन्द्रपुरबाट खटिएको प्रहरीको टोलीले जिल्लाको छिन्नमस्ता गाउँपालिका-२ स्थित मोहनपुरबाट एक थना सिक्सर पेस्तोल र सोमा लाग्ने २ राउण्ड गोली समेत बरामद गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा आउट पोष्ट गोविन्द्रपुरका सशस्त्र प्रहरी निरीक्षक नविन बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीका अनुसार नेपालबाट मोटरसाईकलमा मदिरा तस्करी गरीरहेको अवस्थामा सशस्त्र प्रहरीलाई देखेपछि मदिरा समेत छोडेर भागेपछि २८ पिस कस्तुरी तथा कस्तुरीको बिचमा सो हतियार बरामद गरेको बताउँनुभयो ।
यसैबिच बरामद गरिएको हतियार र मोटरसाईकल ईलाका प्रहरी कार्यालय सखडाको जिम्मा लगाईएको तथा घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो पटक छिन्नमस्ता सहित जिल्लाको विभिन्न नाँकाबाट अवैध मदिरा तस्करी भईरहेको श्रोतले जनाएको छ ।