जवरजस्ती करणी गर्ने दुई युवक पक्राउ


काठमाडौं, ५ कार्तिक । ललितपुरको एक क्याफेमा किशोरीमाथि जवरजस्ती करणी गरेको आरोपमा दूई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपरको गोदावरी नगरपालीका -५ लेले घर भएका २५ वर्षीय सुमन नेपाली र महाङकाल गाँउपालिमा ३ बस्ने ३० वर्षीय विशाल तिमिल्सिनालाई रहेका छन् ।

सोमबार साझ गोदावरी नगरपालिका १४ ठैबस्थित वेलकम क्याफेमा ललाइ फकाइ १६ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।

महानगरयि प्रहरी प्रभाग बाँडेगाउबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई थपआवश्यक कारवाही सुरु गरेको छ ।

प्रकाशित : 22 October 2019 3:43 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ