एजेन्सी, ६ कार्तिक । बलिउड स्टार रणबीर कपुर र आलिया भट्ट पछिल्लो समय मिडियामा निकै छाएका छन्। उनीहरु पछिल्लो समय बलिउडमा सबैभन्दा चर्चित जोडिका रुपमा कहलिएका छन्।
फिल्म ‘ब्रह्मास्त्र’को सुटिङका क्रममा उनीहरु नजिक भएका थिए। त्यसपछि उनीहरु प्राय कार्यक्रममा सँगसँगै देखिन थालेका थिए। धेरैले उनीहरु प्रेममा रहेको समेत बताउँदै आएका थिए।
यसैबीच रणबीर र आलियाको बिहेको कार्ड भाइरल बनिरहेको छ। कार्डमा उनीहरुको सन् २०२० जनवरीमा बिहे हुने उल्लेख छ। बिहे जोधपुरको उमेद भवनमा हुनेसमेत उल्लेख छ।
तर, भारतीय मिडियाले कार्ड नक्कली भएको बताएका छन्। जसका तीन् कारण दिइएको छ। पहिलो कारणमा कार्डमा आलियाको नाम अंग्रेजीमा Aliya लेखिएको छ। जब कि अंग्रेजीमा उनको नाम Alia हुन्छ।
दोस्रोमा कार्डमा आलियाको बुबाको नाम मुकेश भट्ट लेखिएको छ। जब कि उनको नाम महेश हो। त्यस्तै, कार्डमा 22th लेखिएको छ। जब कि 22nd लेखिन्छ।
