धनुषामा १० किलो चाँदी बरामद, तस्कर फरार


जनकपुरधाम, ६ कार्तिक। सशस्त्र प्रहरीले जनकपुरधाम उपमहानगरपालिका २० को देवपुरा रुपैठाबाट १० किलो चाँदी बरामद गरेको छ ।

तस्करले भारततर्फ लान लागेको १० किलो अवैध चाँदी बरामद गरिएको धनुषाका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक एसपी राजेश उप्रेतीले जानकारी दिए ।

बुधबार दिउँसो ना ४७ प २७२७ नम्बरको मोटरसाइकलमा दुई ओटा प्याकेटमा लुकाएर राखिएको चाँदी प्रहरीले बरामद गरेको हो । प्रहरीले जाँच गरेको देखेपछि मोटरसाइकल त्यहीँ छाडेर चालक र पछाडी बसेको व्यक्ति फरार भएको एसपी उप्रेतीले बताए ।

बरामद भएको चाँदी र मोटरसाइकल जनकपुर भन्सार कार्यालयमा बुझाइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक ६, बुधबार १६:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ