जनकपुरधाम, ७ कार्तिक। धनुषा महेन्द्रनगर स्थित ध्वनी प्रदुषण बिषयक जनचेतना ¥याली निकालिएको छ । नगर प्याब्सन इकाई कमिटि क्षिरेश्वरनाथ नगरपालिकाको आयोजना, आइ सि एसको समन्वय र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको सहकार्यमा निकालिएको जनचेतना मुलक ¥याली विभिन्न भागको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।
भारतको युपि (विहार) बाट नेपालमा भित्रिएको असभ्य त्वरको डिजे संस्कृति विरुद्ध बुधवार क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर इलाका प्रहरी कर्यालय अगाडीबाट विभिन्न स्कुलका विद्यार्थी, स्थानिय विभिन्न संघ संस्था सम्मेलित ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै क्षिरेश्वर मा.वि.को प्राङ्गनमा कोण सभामा परिणत भएको थियो ।
स्थानिय मोरनिङ्ग गलोरी, दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमी, गंगोत्री बो.स्कुल, ज्ञानमन्दिर बो.स्कुल लगायत विभिन्न स्कुलका विद्यार्थीहरु विभिन्न ब्यानर र प्लेकार्ड मार्फत डिजे संस्कृतिको विरोध गरेको थियो । ¥याली सम्पन्न पछि आयोजित कोणसभामा समाजिक अभियन्ता विशाखा महतो र इलाका प्रहरी कर्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक अमिर कुमार दहाल डिजेबाट हुने बेफाईदाहरुबारे जनकारी दिदैँ यस्तो विक्रितीलाई हटाउन सबैले आ–आफनो ठाउँबाट जोरदार रुपमा लागन आग्रह गर्नुभएको थियो ।