रौतहट, ७ कार्तिक। बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर प्रहरीले बरामद गरेको छ । बरामद ट्र्याक्टर आफताव आलमका भाइ मो. महताव आलमको भएको प्रहरीले दाबी गरेका छन् ।

आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना १ त ६४७२ नम्बरको ट्र्याक्टरमा राखेर इँटाभट्टामा लगिएको थियो । उनीहरुलाई जलाएको आलममाथि आरोप छ । प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्र्याक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार प्रकाशित भएका छन् ।
रौटहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् । २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ । उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । उनीमाथि प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप थियो ।
मारिनेमा भारतीय र नेपाली नागरिक भएको बताइएको छ । अफताबलाइ बचाउन नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि धेरै प्रयास गरेका छन् । पछिलो समय १२ बर्ष पछि सजाय दिन नमिल्ने कुरा गरेपछि उनको सामाजिक संजालमा दह्रो आलोचना भएको थियो । फेरी देउवाले बिज्ञप्ति निकालेर उक्त कुराको सुधार गर्दै दोषी लाइ सजाय हुनै पर्छ र त्यसमा कांग्रेशले सघाउने कुरा गरेका थिए भने निर्दोषलाइ फसाउनु हुदैन समेत भनेका थिए ।