जनकपुरधाम, ७ कार्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाममा जिल्ला पार्टी कार्यालय खोल्ने भएको छ । जनकपुरधामको रामानन्द चोकमा कार्यालय खोल्न लागेको हो ।
कार्यालयको उद्घाटन आज विहान ११ बजे अध्यक्ष राउतले गर्ने कार्यक्रम तय भएको जनाएको छ । सरकारसँग वार्ता गरी स्वतन्त्र मधेसको एजेण्डा छाडेर मुलधारमा आएका डा. राउत लामो समयदेखि कुनै गतिविधि गरिरहेका थिए । तर पछिल्लो समय पुनः सक्रियता बढाएको छ ।
राउतले सिरहा सदरमुकाममा हिजो जिल्ला पार्टी कार्यालयको उद्घाटन गरे । मधेसका सबै जिल्लामा पार्टी कार्यालय स्थापना गर्ने र कार्यालय भएपछि पार्टीको गतिविधि बढाउने सोच रहेको जनमत पार्टीका एक नेताले बताए ।