जनकपुरधाम, ७ कार्तिक । विहिवार जनकपुरस्थित मधेस भवनमा प्रदेश २ सरकारले दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि संघीय सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादबसम्मको सहभागी सहयोग । मधेसवादी दलका अधिकर नेता र प्रदेश २ का साँसदहरु सहभागी भए । उनीहरु सम्बोधनका क्रममा मधेस समृद्धिको ठूलठूला गफ दिए । तर उनीहरुले खाएर झुठो छाडेका थाल, पानीको बोतल र ग्लास बालश्रमिकले सरसफाई गरिरहेको देखियो (हेर्नुस् फोटो) । दैनिक ७ सय पारिश्रमिक दिएर झुठो सफा गर्न दर्जनौं बालश्रमिकलाई खटाएका थिए । कानून बनाउने नेताहरुबाटै कानूनको धज्जी उडाउने काम मधेस भवनमै भएको छ ।