दिपेन्द्र प्रसाद सिंह/ जनकपुरधाम, ८ कार्तिक । धनुषाको बटेश्वर गाउँपालिकामा साहिद रामकरण महतोको १६ औ स्मृति दिवस सम्पन्न गरेको छ ।
नेकपा नगर कमिटीका अध्यक्ष रामचन्द्र महतोको अध्यक्षतामा नेकपाका प्रदेश सासद पुर्वमन्त्री शत्रुधन महतोको प्रमुख आतिथ्य, प्रदेश सासद रामचन्द्र मण्डलको विशिष्ठ आतिथ्यमा सहिद रामकरण महतो र सहिद धर्मेन्द्र यादवको स्मृति दिवस मनाइएको हो । स्मृति दिवसको अवसरमा वत्ताहरुले सहिदहरुको योगदान र वलिदानिले देशमा सघियतासगै कम्युनिस्टको बहुमत प्राप्त सरकार आएकाले सहिदहरुको अधुरा सपना पूरा गर्नुपर्ने उपयुक्त समय आएको बताए ।
स्मृतिसभामा प्रदेशसभा सासद पुर्वमन्त्री शत्रुधन महतोले देशमा राज्यको सत्ता र व्यवस्था परिवर्तनका लागि पटक पटक जनताले आन्दोलन गरे हजारौं जनताले सहादतको बदौलत देशमा सघिय लोकतान्त्रिक गणतान्त्रिक देश भएको बताए । गाउँ गाउँमा जनप्रतिनिधि आएका छन् त्यसैले अब बिकासको तर्फ उन्मुख गराउनु पनि हाम्रो दायित्व भएको बताएका छन् ।
दुई तिहाइको सरकारमा हाम्रै पार्टीका नेताहरु मन्त्री छन् तर जनताले अनुभुती हुन सक्ने गरि काम हुन सकेकोमा जनतामा असन्तुष्टि छाएकाले यसमा सुधार हुनुपर्ने बताएका छन् । अहिले कम्युनिस्ट सरकारले देखाउनुपर्ने फरकपना देखाउन नसकेकोमा असन्तुष्टि व्यत्त गर्दै सरकारमै रहेका भ्रष्ट मन्त्रीहरुको बारेमा खोजी नीति कसले गर्ने प्रश्न गरेका थिए ।
पार्टीले देश र जनताको भावनाअनुसार काम गर्न नसकेको खण्डमा भोलिको दिनमा पार्टीलाई खतराको घण्टी बज्ने भएकाले यसतर्फ सचेत हुन आग्रह गरेक थिए । देश र जनताको पक्षमा समाजवाद उन्मुख कार्यक्रम ल्याउनु पर्ने आवश्यकता रहेकोमा जोड दिएका थिए ।
स्मृतिसभामा बोल्दै प्रदेशसभा सासद रामचन्द्र मण्डलले पार्टी भित्रमा केही कचरा तत्व रहेकाले यस्ता कचरालाई शुद्धीकरण नगरिए भोलिको दिनमा पार्टीलाई समस्या हुने बताएका छन् । पार्टी अहिले दुई तिहाइको बहुमतमा रहेकाले देश र जनताप्रति जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीका नेता कार्यकताहरु साच्चिकै कम्युनिस्ट हो भने बिचार नमिल्नेसग पनि मिल्न सक्ने क्षमताको बिकास गर्न सक्नुपर्ने बताए । पार्टी एकता भएको छ तर मन र भावनात्मक रुपमा हामी अझै मिल्नुपर्ने र पार्टीलाई उच्च स्थानमा लानुपर्ने आवश्यकता रहेको बताए ।