धनुषामा बस दुर्घटना हुँदा २१ जना घाइते


जनकपुरधाम, ८ कार्तिक। धनुषामा यात्रुबाहक बस दुर्घटना भएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शुक्रवार मिथिला नगरपालिका वडा नं. ८ मा रहेको रमन पेट्रोल पम्पनजिक बस पल्टँदा बसमा सवार २१ जना घाइते भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए।

घाइते भएकाहरुमध्ये १३ जनाको अवस्था मध्यम खालको र बाँकीको अवस्था सामान्य रहेको प्रहरी उपरिक्षक खनालले बताए।चितवनबाट काँकडभिटाको लागि निस्केको को १ ख ६७२२ नम्बरको बस करिब एक बजे आफै अनियन्त्रित भएपछि उक्त घटना भएको प्रहरी उपरिक्षक खनालले बताए।

घाइते भएहरुको उपचार लालगढको स्थानिय अस्पतालहरुमा भईरहेको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित : २०७६ कार्तिक ८, शुक्रबार १४:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ