मुकेश यादव
लहान, ८ कार्तिक। बाहिरी लैजानका लागि तयारी अवस्थामा राखिएका सिरहाको सिरहा नगरपालिका –२ बाट ४ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यलय सिरहाबाट खटिएको पिकेट टोलीले चेकजाँच गर्ने क्रममा अबैध रुपमा राखिएको गोरु ४ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहिबार नियन्त्रणमा लिइएको गोरुलाई भन्सार कार्यालय माडर, सिरहा कार्यालयमा बुझाइएको छ ।