नेपाली काँग्रेस मात्र प्रजातान्त्रिक तथा लोकतान्त्रिक पार्टी : सभापति रामचन्द्र यादव


मुकेश यादव
लहान, ८ कार्तिक।
नेपाली काँग्रेसका सिरहा जिल्ला सभापति एवं पूर्वसाँसद रामचन्द्र यादवले नेपाली काँग्रेस मात्र प्रजातान्त्रिक र लोकतान्त्रिक पार्टी रहेको दावी गरेका छन । सभापति यादवले भने नेपाल कसरी राम्रो हुने र नेपाली कसरी समृद्ध बन्ने जिम्मेवारीमा काँग्रेस हरपल तत्पर रहेको बताए ।

नेपाली काँग्रेस गोलबजार नगरकार्य समितिद्धारा विजयादशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ अवसरमा आयाजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति यादवले यस किसिमको शुभकामना आदानप्रदान र मेलमिलापको निति नेपाली काँग्रेसले नै शुरुवात गरेको धारणा राखे । उनले भने नेपाली काँग्रेस कमजोर भएको होईन, काँग्रेसलाई कमजोर पार्ने तत्वहरु सल्बलाई रहेको र यस्ता तत्वहरु आफै परास्त भएर जाने बताए ।

कार्यक्रमा नेपाली काँग्रेसका महासमिति सदस्य एवं प्रतिनिधि सभा सिरहा क्षेत्र नं ३ का प्रत्यासी उम्मेदवार अमर रेग्मीले नेपाली काँग्रेस कसैलाई भेदभाव नगरी विकासको काममा अगाडी बढी रहेको धारणा राखे । त्यस्तै नेपाली काँग्रेसका अर्का महासमिति सदस्य चन्द्रदेव यादवले नेपाली काँग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न रतिभर पनि पछाडी नहटने बताए । उनले भने गोलबजारका मेयरले आफनो मनमौजी किसिमले काम गरिरहेको आरोप लगाए । कार्यक्रममा गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले प्रतिपक्ष र पक्ष नछुट्याई सबैसंग हातमा हात मिलाएर अगाडी बढने बताए ।

उने भने सबैको सल्लाह र सुझावको आवश्यकता रहेको धारणा राखे । त्यस्तै रेडियो आकाशगंगा एफएमका स्टेशन म्यानेजर संजय यादवले शुभकामना दिदै भने नेपाली काँग्रेसले गुट र उपगुटको राजनिति त्याग्नसके फेरी पनि काँग्रेसलाई कुनै पनि शक्तिले छेक्न सक्ने अवस्था रहदैन । नेपाली काँग्रेसले जननायक विपी कोईरालाले देखाएको मार्ग अबलम्बन गर्न सुझाव दिए ।

कार्यक्रमा राप्रपा संयुक्तका उद्धव अधिकारी, राजपाका बिन्द कुमार मण्डल, काँग्रेसका बेचन महतो, गोलबजार माविका प्रधानाध्यापक सुरेन्द्र सिंह, शिबकुमारी साह, नेकपाका गणेश गौतम, गोलबजार नगरपालिका वार्ड नं ४ का अध्यक्ष राजदेव यादव लगायतले शुभकामना मनतव्य राखनु भएको थियो । कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस गोलबजार नगरकार्य समिति सभापति राजदेव साहले गर्नु भएको थियो भने संचालन नेपाल तरुण दल सिरहा जिल्ला अध्यक्ष शरदराजा शाहीले गर्नुभएको थियो ।

प्रकाशित : २०७६ कार्तिक ८, शुक्रबार १६:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ