जनकपुरधाम, ९ कार्तिक। साहित्यकार राजेन्द्र बिमलको स्वास्थ्य अवस्था बिग्रेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा केही खराबी देखिएपछि उनलाई काठमाडौंको नर्भिक अस्पतालमा शुक्रबार भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय डा. राजेन्द्र विमल नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका व्यक्ति हुन् । सन् १९४७ मार्च २६ जनकपुरको देवीचोकमा जन्मिएका उनी नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर गरेका छन् । साथै, उनी भाषा विज्ञान विषयका पिएचडी गर्नुका साथै विभिन्न रचना, कथा लगायतका किताबहरु लेखेका हुन् ।
विभिन्न पुरुस्कारबाट सम्मानित भएका उनी नेपाली भाषामा शिक्षित गराउने पुनीत कार्यका साथै नेपाली भाषामा अनेक ग्रन्थ रचना गरी नेपाली भाषा वाङमयलाई समृद्ध तुल्याएबापत वि.सं. २०६६ को जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित भएका हुन् ।