काठमाडौं, ९ कार्तिक । राजपा नेपालका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले पार्टी भित्र आन्तरिक विवाद रहेको खुलाएका छन् । राजधानी काठमाडौंस्थित एक रेडियोसंग कुराकानी गर्दै उनले पार्टी भित्र विवाद रहेको खुलासा गरेका हुन् ।
स्पष्ट वक्ता तथा आफ्नो विचार खरोसंग राख्ने संसदीय सुनुवाई समितिका सभापति कर्णले पार्टीभित्र नेतृत्वबीच नै विवाद देखिएको बताए । उनले पार्टी भित्रको आन्तरिक द्वन्द्वको समाधान हुनेसमेत बनाएका छन् ।
उनले नेताहरुबीचको विवाद समाधानका लागि पदाधिकारी र केन्द्रीय समितिहरुमा छलफल गर्नुपर्ने बताए । व्यक्तिगत द्वन्द्वले पार्टीलाई फाइदा नगर्ने बताउँदै उनले यसको समाधानका लागि लाग्नुपर्ने बताए । नो कर्णले पार्टीको आन्तरिक विवाद समाधान हुन सकेन भने महाधिवशन पनि नहुने बताए ।