जनकपुरधाम, १० कार्तिक। हिन्दुहरुको महान पर्व दिपावली तथा छठपर्वको मध्यनजर गर्दै धनुषा महेन्द्रनगरमा म्याकिङ्ग गरिएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेका ईलाका प्रहरी कर्यालय आफनो इलाका भित्रपर्ने गाउँहरुमा म्याकिङ्ग गर्दै चार्डपर्वको बेला पटाकाजन्य एवं प्रज्वलनशील पदार्थको प्रयोग नगर्न र गर्न नदिन, जुवा तास आफुपनि नखेलन र जुवा तासको लागी आफनो घर वा होटल भारमा नदिन, राती १० बजेपछि देउँसी भैलो लगायतका कार्यक्रम नगर्न र नगर्नदिन अनुरोध गरिएको छ ।
साथै यी कार्यहरु रोकनमा सम्पुर्ण स्थानियवासी, राजनितिकर्मी, नागरिकसमाज, पत्रकार, मानवअधिकारकर्मी, कर्मचारी, शिक्षक, विद्यार्थी, बुद्धिजिवी, व्यापारी, मजदुर तथा सर्वसाधारण जनताहरुको सक्रिय सहयोगको लागी पनि अनुरोध गरिएको छ ।
ईलाका प्रहरी कर्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक अमिर कुमार दहालका अनुसार यस्तो प्रज्वलनशिल पदार्थको प्रयोगले आगलगीभई जनधनको क्षती पुग्नसक्छ त्यसैले हामी समयमै यस्तो प्रकारको वस्तुहरुबाट टाडा बस्न सबैमा अनुरोध गदर्छै । त्यस्तै म्याकिङ्गको क्रममा ठाउँठाउँमा भेटिएको पटका जन्यपदार्थ नियन्त्रमा लिएको प्रहरी निरिक्षक दहालले जनकारि दिनुभयो ।