जनकपुरधाम, १० कार्तिक। समाजवादी पार्टीसित एकिकरणको अन्तिम तयारीमा रहेको राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले जिल्ला तह सम्म एउटै अध्यक्ष रहेको समिति बनाउने निर्णय गरेको छ ।
एकिकरण अगावै महाधिवेशन संभव नभएपछि राजपा अध्यक्ष मण्डलले वडा, क्षेत्र र जिल्ला तहमा सम्मेलन गरी एकजनालाई मात्र अध्यक्ष राख्ने निर्णय गरेको छ ।पार्टीले आउँदो १९ गतेदेखि पर्यवेक्षक पठाइने र कात्तिक महिनाभित्रै सम्मेलन सकिने तयारी गरिएकोछ । शुक्रवार बसेको अध्यक्ष मण्डलको बैठकले एकिकरणका लागि समाजवादी पार्टीले अनिवार्य रुपमा सरकार छाड्नु पर्ने शर्तलाई सशक्त रुपमा राखेकोछ ।
‘समाजवादी पार्टीले सरकारमा रहनुको औचित्य पुष्टि गर्न सकेको छैन्’अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले भने, वर्तमान सरकारले संविधान संशोधन गर्ने पक्षमा नरहेकाले सरकारमा रहनु आवश्यक छैन् ।सरकार नछाड्दै एकिकरण घोषणा भए राजपामा समस्या आउन सक्ने उनको संकेत थियो ।
समाजवादी पार्टीले सरकार छाड्ने वितिकै पार्टी एकिकरणको घोषणा हुने उनले बताए ।पार्टी एकिकरण घोषणालाई दृष्टिगत गरी नै राजपाले जिल्ला सम्मेलन मार्फत एकजना मात्र अध्यक्ष राख्ने निर्णय गरेको यादवले बताए ।—आजको जनकपुर टुडेमा यो खबर छापिएको छ ।