मुकेश यादव
लहान, १० कार्तिक। सिरहाको बरियारपट्टीमा स्थित जानकिनगरचोकबाट लुकाइछिपाइ ल्याइएको पटाका गएराति सशस्त्र प्रहरी बलले बरामद गरेको छ ।
विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी कार्यालय (बिओपि )बरियारपट्टीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बरियारपट्टी गाउँपालिका वडा नम्बर –३ स्थित जानकिनगर चोकबाट पटकाहरु बरामद गरिएको सशस्त्र प्रहरी बलका ईन्सपेक्टर कुमारतिमल सेनाले जानकारी दिए ।
बेवारिसे अवस्थामा लुकाइएको पटाकाहरु विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी टोलीले चेकजाँच गर्दा विभिन्न ब्राण्डका एक बोरा अन्दाजी ५० हजार बराबरको पटाकाहरु बरामद गरिएको सशस्त्र प्रहरी बताए ।
बरामद गरिएको उक्त परिणामका पटाकालाई सशस्त्र प्रहरी बल बरियारपट्टी कार्यालयमा आजै स्थानीय समाजसेवी पत्रकार र नेपाल प्रहरी सय सुरेन्द्र खेेेेेेलवार यादव रोहवरमा नष्ट गरिएको छ।