संविधान संशोधनका लागि हरकदम उठाउने उपेन्द्र यादबको चेतावनी (भिडियोसहित)


सन्तोष यादब/ सिरहा, ११ कार्तिक । उपप्रधान तथा स्वाथ्य, जनसंख्या तथा वातावरण मन्त्री उपेन्द्र यादबले संविधान संशोधनका लागि हरकदम उठाउन तयार रहेको बताएका छन् ।

सिरहा नगरपालिका १९ सन्हैठामा स्वास्थ्य चौकीको उद्घाटन तथा विश्वनाथ यादबको आठौं स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री यादबले संविधान संशोधनका लागि आवश्यक कदम उठाउन समिक्षा गरिरहेको बताए । उनले संविधान संशोधनको सर्तमा नेकपाको सरकारमा सहभागी भएको भन्दै संविधान संशोधनको वादा पुरा गर्ने दायित्व नेकपाको भएको जिकिर गरे ।

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका मन्त्री यादबले कृषि क्षेत्रको विकास नभए देश कंगाल बन्ने बताए । उनले कृषि क्षेत्रको विकासका लागि कमला–कोशी डाइभर्सन आयोजनाको काम अगाडी बढाउनुपर्नेमा जोड दिए ।

https://www.youtube.com/watch?v=iqkILlhpmiA

उनले कमला– कोशी डाइभर्सनले प्रदेश २ मा सिँचाइको समस्या अन्त्य हुने बताए । कृषि क्षेत्रको विकास भए मात्र देशको विकास हुने र गरिबी पनि अन्त्य हुने जिकिर गरे ।

प्रकाशित : २०७६ कार्तिक ११, सोमबार १५:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ