सन्तोष यादब/ सिरहा, ११ कार्तिक । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले प्रदेश सरकारले अनुदानको नीति हटाएर सामुहिक खेतीको अवधारणा अगाडी बढाउन लागेको बताएका छन् ।
सिरहा नगरपालिका १९ सन्हैठामा स्वास्थ्य चौकी र समाजवादी पार्टीका नेता रामरिझन यादबका बुवा विश्वनाथ यादबको ८ औं स्मृति सभालाई सम्बोधन गर्दै उनले समृद्धिका लागि सामुहिक खेतीको अवधारणा लिएर प्रदेश सरकार अगाडी बढिसकेको र यसका लागि मलखाल, सिंचाई र कृषि उपकरणको व्यवस्थापन मिलाउने पनि बताए । उनले भने– छठ लगत्तै प्रदेश सरकारले सामुहिक खेतीबारे सूचना प्रकाशित गर्छ ।
मन्त्री यादबले संविधान संशोधनको सर्तमा समाजवादी पार्टी संघीय सरकारमा सहभागी भएको भन्दै संशोधन नगरे अब सिंहदरबार केन्द्रित आन्दोलन गर्ने चेतावनी दिए । उनले प्रदेश सरकार समेत आन्दोलनमा सहभागी हुने स्पष्ट पारे । उनले आन्दोलनका लागि तयार भएर बस्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
कार्यक्रममा स्वास्थ्य चौकीका लागि जग्गा दान दिएका जगदिश यादब र भिखरु यादबलाई सम्मान समेत गरेको छ । स्वास्थ्य चौकीका लागि यादबद्धयले डेढ/ढेड कट्ठा जग्गा दान गरेका हुन् । साथै उपप्रधानम मन्त्री उपेन्द्र यादब र प्रदेश मन्त्री यादबले समाजवादी पार्टीका नेता रामरिझन यादबका बुवा स्वर्गिय विश्वनाथ यादबको योगदानको चर्चा गरेका थिए ।