समय अगावै निर्वाचन गराउने बेलायती प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत


काठमाडौं, १२ कार्तिक। बेलायतको तल्लो सदन हाउस अफ् कमन्सले समय अगावै निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्वीकृत गरेको छ । प्रधानमन्त्री जोनसनले डिसेम्बर १२ मा आम निर्वाचन गराउन राखेको प्रस्ताव तल्लो सदनले अस्वीकृत गरेको हो ।

संसदम भएको मतदानमा प्रस्ताव अस्वीकृत गराउने पक्षमा २९९ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको बिबिसीले जनाएको छ । प्रधानमन्त्रीले संसद समक्ष राखेको प्रस्ताव पारित हुन ४३४ मत आवश्यक पर्ने कानूनी प्रावधान छ ।

मतदान हुनुअघि संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता जेरेनी कोर्बिनले प्रधानमन्त्री जोनसनको प्रस्तावलाई समर्थन गर्न नसकिने बताएका थिए । यसअघि युरोपेली संघका नेताहरुले ब्रेक्जिटबाट बेलायत बाहिरीने समयलाई आगामी जनवरी ३१ सम्म लम्ब्याउन सहमति जनाएका थिए ।

प्रकाशित : २०७६ कार्तिक १२, मंगलवार ०१:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ