जनकपुरधाम, १२ कार्तिक। धनुषा महेन्द्रनगर स्थित धनुषा कबड्डी खो.खो. प्रतिष्ठानको निर्माणधिन भवन निर्माणको लागी देउँसी भौलो कार्यक्रमको आयोजना गरिएको छ । हिन्दुहरुको महान पर्व शुभ दिपावलीको चौथोदिन खेलिने देउँसी भौलोको परम्परा क्यामगर्दै यी प्रतिष्ठन द्धारा आफनो नवनिर्माणधिन भवनको निर्माणको लागी विशेषगरी यो कार्यक्रम राखिएको प्रतिष्ठानका अध्यक्ष केवल राउतले बताउनु भयो ।
क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर औरही पुल नजिक रहेको प्रतिष्ठानको पुरानो भवन ढल्केवर जनकपुर बन्दै गरेको ६ लाइन रोडमा परेकोले प्रतिष्ठनले विभिन्न दाताहरुको सहयोगमा औरही खोलाको साइडमै आफनो नयाँ एकतल्ले भवन निमार्ण गर्दै छ । प्रतेक साल धनुषा कवड्डी खो।खो। प्रतिष्ठानले गर्दै आएको देउँसी भौलो कार्यक्रमलाई निरन्तरता दिदैँ यो साल विशेष गरी आफनो निर्माणधिन भवनको पुर्णता दिनको लागी आयोजना गरिएको अध्यक्ष राउतले जनकारी दिनुभयो ।
साथै यी प्रतिष्ठान द्धारा आयोजना गरिएको देउँसी भौलो कार्यक्रमको लागी धनुषा महेन्द्रनगर स्थित रहेको क्षिरेश्वर कन्ट्रक्सनका संचालक अनिल चौधरी द्धारा कार्यक्रममा सहभागी सबैलाई ज्याकेट प्रदान गरी स्वागत गरेको थियो । ज्याकेट प्रदान गर्दै कन्ट्रक्सनका संचालक चौधरी प्रतिष्ठान द्धारा विगतका दिनमा गरेको काम र अहिले समाज, विशेषगरी यूवाहरुको लागी जिम, कवडी लगायतका काम एकदमै सह्रायिन हो आउँदादिनमा पनि प्रतिष्ठनलाई विभिन्न सहयोगि हाथहरु अगाडी बरहुन शुभकामना दिनुभएको थियो ।