सिरहा, १२ कार्तिक । आज मधेसमा भाइ–बहिनीको स्नेह रप्रेमको प्रतीक भरदुतिया पर्व मनाइँदै छ। यो पर्व दीपावलीको दुई दिन पश्चात् अर्थात् कार्तिक महिनाको शुक्ल पक्ष द्वितीया तिथिको मनाइने परम्परा छ । यो पर्व मा बहिनीहरुले भाइलाई निमन्त्रणा दिएर आफ्नो घर बोलाउने गर्छन् ।
दिदीबहिनीले दाजुभाइलाई चामलको पिठोले अरिपन बनाएर काठको पिडहीमा बसाउँछन् । त्यसपछि दाजुभाइको हातमा पान सुपारी राखेर मैथिली भाषामा मन्त्र उच्चारण गरिन्छ । मन्त्रमार्फत दिदीबहिनीले दाज्भाईको दीर्घायुको कामना गर्छन् ।
पूजा सकिएपछि दाजुभाइलाई मिठाईलगायत परिकार खुवाउने चलन छ । तिहारको भाइटिका र यो पर्वको मान्यता एउटै भए पनि ठाउँ अनुसार मनाउने विधि भने फरक फरक पाइन्छ ।