मुकेश यादब, सिरहा, १२ कार्तिक । सिरहा प्रहरीले जुवा खालबाट करिब ७५ हजार रुपैयासहित आठ जुवाडेलाई पक्राउ गर्न सफल भएको छ । सिरहा नगरपालिका १५ माडरबाट गोप्य सूचनाको आधारमा जुवा अखडामा छापा मारेको हो ।
छापा मारेर आठ जुवाडेलाई नेपाली ७३ हजार ६०५ रुपैया र भारु १२ सय सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेकाहरुमाथि कारबाही प्रक्रिया अगाडी बढाएको सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
पक्राउ पर्नेहरुको सूची हेर्नुस् :
१ जिल्ला सिरहा, सिरहा नपा १४ बस्ने बर्ष २६ को नुर खान ।
२ सोही ठाउँका बर्ष ३८ को मोहमद रफिक ।
३ सोही ठाउँका बर्ष २५ को जावेद खान ।
४ सोही ठाउँका बर्ष ४७ को श्याम कुमार यादव ।
५ सोही ठाउँका बर्ष २९ को रंजित यादव ।
६ सोही ठाउँका बर्ष २८ को दिनेश यादव ।
७ सोही ठाउँका बर्ष ३५ को संजिव कुमार महतो ।
८ जिल्ला सिरहा गोलबजार नपा ८ बस्ने बर्ष ३३ को सिकेन्द्र साफी ।