मुकेश यादव, सिरहा, १२ कार्तिक । सिरहाको औरही गाउँपालिका ५ बाट प्रहरीले ४५ हजार बराबरको पटाका बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी कार्यालय ईटाटारबाट खटिएको सशस्त्र प्रहरीको टोलीले औरही गाउँपालिका ५ स्थित गागन नदिबाट पटाका बरामद गरेको हो । बरामद गरिएको पटाका करिब ४५ हजार बराबरको रहेको सशस्त्र प्रहरीका ईन्सपेक्टर देबिन्द्र रोकाले जानकारी दिए ।
भारतबाट अवैध रुपमा पटाका भित्र्याएर गागन नदीमा लुकाएको सूचना पाएपछि त्यहाँ पुगेर बरामद गरिएको ईन्सपेक्टर रोकाले बताए । बरामद गरिएको पटाका समाजसेवी र पत्रकारको रोहबरमा नष्ट गरिएको छ ।