रौतहट, १३ कार्तिक । रौतहटको गौर नगरपालिका ३ मा गोली चलेको छ । अज्ञात समूहले गोली चलाउँदा एक भारतीय नागरिक घाईते भएका हुन् ।
गोली प्रहारबाट भारतीय नागरिक ४० बर्षीय विजय गुप्ता घाइते भएको प्रहरीले जनाएको छ । गोली प्रहार कसले गरेको विषियमा केहि खुल्न सकेको छैन । घाईते गुप्तालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।