ज्ञानेन्द्र मल्ल भए राष्ट्रिय क्रिकेट टीमको कप्तान, दिपेन्द्र सिंह ऐरी उपकप्तान


काठमाडौं, १४ कार्तिक। नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तान ज्ञानेन्द्र मल्ललाई दिइएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले पारस खड्काको राजीनामा स्वीकृत गर्दै मल्ललाई नेतृत्व दिएको हो । मल्ल उपकप्तान रहँदै आएका थिए ।

यस्तै अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । क्रिकेट संघको नयाँ नेतृत्व आएपछि खड्काले कप्तान पदबाट राजीनामा घोषणा गरेका थिए ।

खड्काले गत आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए । पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तान रहेका थिए भने खड्काको कप्तानीमा ज्ञानेन्द्र उपकप्तान रहेका थिए ।

प्रकाशित : २०७६ कार्तिक १४, बिहीबार ००:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ