बाराबाट घुससहित प्रहरी नायब निरीक्षक पक्राउ


कलैया, १४ कार्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशङ्करप्रसाद कलवारलाई रु ६० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको छ ।

अभियुक्तले भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीबाट घुसस्वरुप उक्त रकम लिइरहेको अवस्थामा आयोगको हेटौँडास्थित कार्यालयका पदाधिकारीले आज कलैया उपमहानगरपालिका–४बाट पक्राउ गरेको हो ।

यसैबीच आयोगले जिल्ला अदालत सिरहाका हलुका सवारीचालक ब्रिजमोहन यादवविरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । अभियुक्तलाई जिल्ला अदालतमा विचाराधीन लागू औषधसम्बन्धी मुद्दा मिलाइदिने बहानामा रु एक लाख १० हजार घुसबापतको रकम लिइरहेको अवस्थामा वर्दिवासबाट खटिएको आयोगको टोलीले पक्राउ गरेको थियो ।

प्रकाशित : २०७६ कार्तिक १४, बिहीबार १३:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ