सिरहामा दुई मोटरसाइकलसहित लाखौंको तस्करीको समान बरामद


मुकेश यादव / सिरहा, १५ कार्तिक । लहान प्रहरीले दुई मोटरसाइकलसहित लाखौंको भन्सार छलीको समान बरामद गरेको छ ।

JH 09 A 3742 नम्बरको र स. ८ प. ७७४२ नम्बरको मोटरसाइकल र अन्दाजी मुल्य १ लाख ४० हजार मुल्य बराबरको समान बरामद गरेको प्रहरीले जनाए । मोटरसाइकल पनि करिब १ लाख बराबरको रहेको छ ।

भारतबाट भन्सार छलेर ल्याउदै गर्दा बरामद भएको उक्त समान भन्सार कार्यालयलाई बुझाएको छ । समान ल्याउन लागेका ब्यक्ति फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक १५, शुक्रबार ०१:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ