देश विकासका लागि सबै तह एक भएर लाग्नुपर्ने: प्रभु साह


निजगढ, १५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रदेश नम्बर २ का ईञ्चार्ज प्रभु साहले बाराको सिम्रौगढको कोचर्वा पुरानो र ऐतिहासिकस्थान भएका कारण स्थानीयवासीको साथ सहयोगमा यस क्षेत्रलाई राष्ट्रियस्तरमा चर्चामा पु¥याउनुपर्ने बताउनुभएको छ ।

छठ पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले लामो समयको द्वन्द्वात्मक अवस्थाबाट देशमा परिवर्तन भई नेपाली जनताले आफैँले चुनेका जनप्रतिनिधि आएका कारण पनि स्थानीय स्रोत साधनको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । भोट दिएर जितेको भनेर बस्दैमा विकासको अपेक्षा गरेका नागरिकले महसुस गर्ने खालको विकास नगरे जितेको अर्थ नरहने उहाँको भनाइ थियो ।

गण्डक नहर नजिकै रहेको भए पनि यस क्षेत्रका जनता सिँचाइ अभावमा परेका भन्दै सरकारले कोसी बाँधबाँधेर बाग्मतीमा ल्याउने योजनाका बारेमा छलफल शुरु गरेकाले चाँडै नै काम शुरु हुने नेता साहले बताउनुभयो । पूर्वमन्त्रीसमेत रहनुभएका साहले देशको विकासका लागि सबै तह र तप्का एक भएर लाग्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

प्रकाशित : २०७६ कार्तिक १५, शुक्रबार १३:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ