छठ गीतको म्युजिक भिडियो सार्वजनिक


राजविराज, १५ कार्तिक। मैथिली, नेपाली एवं भोजपुरी सिनेमाकी चर्चित नायिका डोली सरकारद्वारा अभिनित छठ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायिका अञ्जु यादवद्वारा स्वरवद्ध उक्त गीतको भिडियो जननी फिल्मस् यु–ट््युब च्यानलबाट सार्वजनिक गरिएको हो । जननी फिल्मसको ब्यानरमा दुई वर्षअघि सार्वजनिक ‘सुमिरन मैयाके’ भक्तिमय एल्बम् पश्चात पुनःअर्को धार्मिक, सांस्कृतिक एवं भक्तिमय गीत सार्वजनिक गरिएको हो ।

चर्चित गीतकार अशोक दत्तको गीत रचना रहेको ‘दिर्याै आशिष भक्तके हे छठी मैया’ बोलको गीतको कोरियोग्राफीसमेत नायिका डोलीले गर्नुभएको छ । युवा सङ्गीतकार दीपेन्द्र रामको सङ्गीत रहेको उक्त म्युजिक भिडियो राजविराजस्थित युनाइटेड रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको छ । ‘दियौ आशिष भक्तके हे छठी मैया’ बोलको गीतको छायाङ्कन एवं सम्पादन प्रेम राउतले गर्नुभएको छ ।

यसैगरी ‘जल्दीजल्दी चलु छठ घाटपर, आब होइय अबेर’ बोलको गीतको सम्पादनसमेत अन्तिमचरणमा रहेको निर्माता श्यामसुन्दर यादवले जानकारी दिनुभयो । दत्तकै शब्द रचना रहेको उक्त गीत जनकपुरधामस्थित नटराज प्रोडक्सन स्टुडियोबाट सङ्गीत रोशन मिश्राले दिनुभएको छ ।

उक्त गीतमा समेत नायिका डोलीले मोडडिङ तथा राउतले छायाङ्कन एवं सम्पादन गरिरहनुभएको छ । हालसम्म सार्वजनिक भएका छठ गीतमध्ये दुवै गीत पूर्णरुपमा मौलिक रहेकाले दर्शकहरुले मन पराउने युनाइटेड स्टुडियोका सञ्चालक समिति सदस्यसमेत रहनुभएका गीतकार भूषण सिंहले बताउनुभयो ।

प्रकाशित : 1 November 2019 3:14 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ