प्रधानमन्त्रीद्वारा कप्तान मल्ललाई शुभकामना


काठमन्डौ, १५ कार्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीको कप्तानमा छानिएका ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन ।

आज ट्वीट गर्दै उनले कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेका छन ।

मल्ललाई केही दिनअघि नेपाल क्रिकेट सङ्घले नेपाली टोलीको कप्तानमा नियुक्ति गरेको हो ।

प्रकाशित : 1 November 2019 4:01 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ